नियम १२
सुरक्षण लेखको प्रतिलिपिको मान्यता
: यस नियमावली बमोजिम सुरक्षणकर्तालाई प्रदान गरिएको कुनै सुरक्षण लेखको सक्कल प्रति च्यातिएमा, हराएमा वा कुनै कारणले नष्ट भएमा कोष वा सदस्य संस्थामा रहेको सुरक्षण लेखको सक्कलबाट छायाँप्रति उतार गरी कैफियत जनाई कोष वा सदस्य संस्थाको अधिकार प्राप्त अधिकारीले प्रमाणित गरी सम्बन्धित सुरक्षणकर्ता वा सदस्य संस्थालाई उपलब्ध गराउनु पर्नेछ । त्यसरी उपलब्ध गराएको प्रतिलिपिलाई नियम ८ बमोजिम जारी भएको सक्कल सुरक्षण लेख सरह मानिनेछ ।